

धादिङ । धुनिवेशी नगरपालिका-९ स्थित काफलचौरमा दुई मोटरसाइकल एकापसमा ठोक्किदा चार जना घाईते भएका छन्।
अपरान्ह ४ बजे खानिखोला हुंदै नागढुङ्गा निस्कने भित्री सडक खण्डमा काठमाण्डौबाट खानिखोला तर्फ आंउदै गरेको बा प्र ०२–००२७ प ९०८६ नं.को मोटरसाइकल र विपरित दिशातर्फ जांदै गरेको बा प्र ०२–०२० प ०२२३ नं.को मोटरसाइकल एकआपसमा ठोक्किदा चारजना घाइते भएका हुन् ।
घाइते हुनेमा थाक्रे गाउँपलिका-६ आठकिल्लाका वर्ष २० को नरेस तामाङ, भुमेश्वर बस्ने वर्ष ३५ को राजेश तामाङ, काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-६ बस्ने वर्ष २१ को समीर मगर र सोही स्थानका वर्ष २१ को सन्दीप खतिवडा रहेकोे ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ।
घाईते ४ जनाकै अवस्था गम्भीर रहेकोले उपचारको लागी काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |