

धादिङ । बालिका बलात्कारका आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता भएको छ ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–१ का २० वर्षीय तिलक कुमाल विरुद्ध प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको हो ।
आरोपितले ०८० चैत २८ गतेदेखि ०८१ जेठ १५ गतेसम्म बलात्कार गरेको पीडित पक्षले जेठ २० गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी तथा डिएसपि मकेन्द्र कुमार मिश्रले बागमती कलमलाई जानकारी दिनुभयो।
उजुरी पछि आरोपितलाई जेठ २० गते आईतबार गिरफ्तार गरि धादिङ जिल्ला अदालतको अनुमतिले ५ दिन म्याद थप गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
पिडितको आईतबार धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |