

धादिङ ।उत्तरी धादिङको रुबीभ्याली गाउँपालिको गाउँसभामा तोडफोड गर्ने प्रधानाध्यापक सहित ७ जनालाई धादिङ अदालतले कैदसँगै जरिवानाको फैसला सुनाएको छ ।
गाउँपालिको गाउँसभा अवरुद्ध गर्दै तोडफोड र भौतिक सम्पत्ति क्षति पुर्याएको आरोपमा आपराधिक उपद्रह मुद्दाका प्रतिवादी ७ जनालाई थुनामा राख्न र जरिवाना गर्न जिल्ला अदालतले फैसला गरेको हो ।
धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको यही जेठ २२ गतेको ईजलासले माध्यमिक विद्यालयका प्रधानाध्यापक सहित ७ जनालाई क्षति भएको क्षतिपुर्ति स्वरुप जनही १०/१० हजार जरिवाना र जनही एक महिनाका दरले कैद गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
मुक्रावदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चितवन रत्ननगर नगरपालिका–३ का ३२ वर्षीय तिर्थराज सुवेदी, शिक्षक ३५ वर्षीय ऋषिराम खनाल, रुबीभ्याली गाउँपालिका–४ का २८ वर्षीय मनिस तामाङ, ३९ वर्षीय निक्क तामाङ, २३ वर्षीय शुक लामा भन्ने देब तामाङ र २२ वर्षीय जीवन तामाङलाई कैदसँगै जरिवानाको फैसला गरिएको अदालतका श्रेस्तेदार भण्डारीले बताउनुभयो । सुकमान तामाङलाई भने अदालतले सफाइ दिएको छ ।
०८० असार १० गते रुबीभ्याली गाउँपालिका–३, सेर्तुङमा राप्रपा कार्यकर्ता र गाउँसभा सदस्यहरूबीच झडपमा भएको थियो ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङले ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १५ गते आपराधिक उपद्रह मुद्दा चलाउन उजुरी दिनुभएको थियो ।
घटनापछि खनाल बाहेक सबै आरोपितहरुलाई गिरफ्तार गरिएको थिएन । खनाललाई २४ दिन हिरासतमा राखेर तारेखमा छाडिएको थियो । प्रधानाध्यापक विद्यालयमै कार्यरत छन् ।
अन्य राप्रपाका कार्यकर्ता गाउँमै रहेको वादी रामसिंह तामाङले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल मार्फत ०८० असार १ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।
जरिवाना बाहेक कसुरदार ७ जनाबाट ३ लाख ४० हजार ५ सय रुपैयाँ बिगो भराउन जिल्ला अदालतले फैसला गरेको छ ।अब प्रधानाध्यापकसमेत ६ जनालाई मुद्दाका फरार प्रतिवादी भनेर गिरफ्तार गर्न सक्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |