

धादिङ । थाक्रे गाउपालिका-२ सिम्लेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।वडा कार्यालय को परिसरमा भएको स्वास्थ्य शिविरमा ४ सय भन्दा बढिले स्वास्थ्य परिक्षण गराएको आयोजकले जनाएको छ ।
थाक्रे २ नम्बर वडा कार्यालय, ओम साईबाबा मेमोरियल हस्पिटल काठमाण्डौँ, साईबाबा सामुदायिक अस्पताल धार्के र नोभस प्याथ ल्यावको आयोजनामा भएको शिविरमा उपचारको लागि सहभागी भएका व्यक्तिहरुलॆ गाउमै निशुल्क रुपमा आफ्नो स्वास्थ्य परिक्षण गर्न पाउदा खुसि लागेको बताएका छन्।
वडा भित्रका नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउँदै कार्यक्रम सँयोजक राजु पौडेलले विपन्न नागरिकमा कुनै जटिल तथा अप्रेसन गर्ने किसिमको रोग भए वडा तथा अस्पताल सँग समन्वय गरि निशुल्क उपचारको लागि तयारी गरेको बताउनुभयो ।
शिविरमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर, रगतमा सुगर, जनरल तथा फोक्सो सम्बन्धी परिक्षण तथा उपचार, नाक, कान घाँटी, बाथ, पेट छाला लगायतको परिक्षण तथा उपचार गरिएको आयोजक ओम साईबाबा मेमोरियल हस्पिटल काठमाण्डौँ तथा साईबाबा सामुदायिक अस्पताल धार्केमा प्रमुख दयाराम कार्कीले बताउनुभयो ।
साथै उहाले बिगतका दिन हरुमा पनि बिभिन्न ठाउमा यस्तो शिविर संचालन गरेको र भोलिका दिनहरुमा पनि समुदाय हरुको सेवामा लाग्ने बताउनु भयो।
यस्तै नियमित रुपमा आफ्नो स्वास्थ्य चेकजाँच गर्ने बानीको पनि विकास हुन्छ भनेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थाक्रे वडा नम्बर २ का अध्यक्ष टिकाराम तामाङले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |