

आइसिसी टी २० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकासँग १ रन ले पराजित भएको छ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा ११६ रनको विजयी लक्ष पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १३ रन बनाए। यस्तै अनिल साहले २७ रनको योगदान गरे।
आरिफ शेखले ४२ रनको योगदान गरे। यस्तै दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए।
दक्षिण अफ्रिकाका तब्रिज साम्सीले ४ विकेट लिए।
त्यस अघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनायो।
दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
यस समूहबाट दक्षिण अफृका सुपर ८ मा प्रवेश गरिसकेको छ। श्रीलंका समूह चरणबाटै बाहिरिँदा नेपालको पनि सम्भावना सकिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |