

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–१ किचेत गाउँमा पहिरोका कारण ५ घर बिस्थापित भएका छन् ।
गाउँनजिक तिनतिरबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । वर्षाका कारण जमिन गलेपछि पहिरो जान सुरु भएको हो। आइतबार राती गाउँ भन्दा तल पहिरो सुरु भएको र केही घर भत्किन थालेको स्थानीय सामाजिक कार्यकर्ता पूर्ण तामाङले जानकारी दिनुभयो ।
गाउँमा २० घर रहेको र एक आपसमा जोडिएको घर भएको गाउँ भएकोले पहिरो सुरु भएपछि गाउँनै जोखिममा परेको घटनास्थलबाट तामाङले बताउनुभयो ।
विस्थापितहरु छिमेकीको घरमा बसेका छन् । गाउँनै जोखिम भएकोले गाउँबासीलाई राख्ने ठाउँमा त्रिपाल समेत व्यवस्था नभएको गुनासो गरेका छन् ।
अहिले पनि पानी परिरहेको छ । केहीबेर रोकिने र पानी पर्ने भइरहेकोले नागरिकहरु डराइरहेका छन् । पहिरो लड्ने सम्भावना भएको साविकको रि गाविसमा पर्ने रिचेत, ताजिम्राङ लगायतका गाउँ पुग्न समेत कठिन भएको वडा अध्यक्ष बहादुरसिंह तामाङले बताउनुभयो ।
धादिङबेसीबाट करिब ४० किलोमिटर दुरीमा रहेको पहिरो प्रभावित क्षेत्रमा सवारीसाधन समेत पुग्न सक्ने अवस्था छैन वर्षाले गाउँपुग्ने सडक ठाउँठाउँमा पहिरो गएका कारण हिडेर जानुपर्ने अवस्था आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |