

धादिङ- हिमालयन हेल्थ केयर नेपालले धादिङको रुवीभ्याली गाउँपालिका–३ गोब्रेका पहिरो विस्थापितलाई सहयोग उपलब्ध गराएको छ ।
केहीदिन अघिको पहिरोले विस्थापित भएका गोब्रे गाउँका पाँच घर परिवारका लागि सस्थाले दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएको हो।
जिल्लाकै सबैभन्दा विकटमा पर्ने वस्तीका नागरिकलाई विपद्का कारण समस्या आइलागेपछि वडा कार्यालयबाट नै सहयोग माग भएकोले संस्थाको नियमअनुसार सहयोग उपलब्ध गराइएको हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार विस्थापित परिवारलाई पाँच थान टेन्ट, सात थान त्रिपाल, छ सेट सोलार बत्ति, फाइबर सिरक र भुइमा ओछ्याउन प्रयोग गरिने म्याटसमेत गरी दुई लाख ३७ हजार पाँच सय बराबरको सामान उपलब्ध गराइएको छ।
रुवीभ्याली गाउँपालिकाको धादिङबेसी सम्पर्क कार्यालयमा पुगेर हेल्थ केयरले गाउँपालिका उपाध्यक्ष फेलामा तामाङलाई सामाग्री हस्तान्तरण गरेको हो।
विस्थापितका लागि उपलब्ध गराइएको सामाग्री बुझ्दै उपाध्यक्ष तामाङले मंगलबार विस्थापतको वस्तीमै पु¥याइने बताउनुभयो।पहिरोले योसिंङ तामाङ, फेटासी तामाङ, यान्जोम तामाङ्नी, दावा तामाङ र नामगेल तामाङको घर पूर्ण रुपले क्षति भएपछि उनीहरु विस्थापित भएका छन् ।
पहिरोले गोब्रेका टोक बहादुर तामाङ, रुवीभ्याली–३ का कुग लामा र मनमान तामाङको घर पनि जोखिममा छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |