

यस बर्षको बालोन डो अरु को उपाधि म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस मिडफिल्डर रोड्रीले जितेका छन् ।
फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जितेका हुन् । उनले ब्राजिलका भिनिसियस जुनियरलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
रोड्रीले स्पेनलाई युरोकप जिताएका थिए भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जिताएका थिए ।
२०१८ मा लुका मोड्रीचले जितेपछि बालोन डो अर जित्ने रोड्री पहिलो मिडफिल्डर हुन् ।
२००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बाहेक बालोन डो अर जित्ने उनी तेस्रो खेलाडी हुन् । यस बिचमा मोड्रीचले २०१८ र करिम बेन्जमाले २०२२ मा बालोन डो अर जितेका थिए ।
रोड्रीले यस बर्षको बालोन डो अर जितेपनि यो विवादित बनेको छ । यस बर्ष यस अवार्डका लागि रियल म्याड्रिडबाट खेल्ने भिनिसियस् जुनियरलाई प्रमुख दाबेदार मानिएको थियो ।
रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन प्रमुख भूमिका खेलेका भिनिसियसले यो अवार्ड नजित्ने भएपछि रियल म्याड्रिडले अवार्ड सेरोमनी नै बहिष्कार गरेको थियो ।
यस्तै यस बर्षको उत्कृष्ट युवा खेलाडी कोपा ट्रफी जितेका बार्सिलोनाबाट खेल्ने स्पेनिस युवा खेलाडी लामिन यमलले छन् ।
फ्रान्स फुटबल फेडेरेसनले गरेक बर्ष दिने यो अवार्ड यस बर्ष यमललाई दिइएको छ।युरोकपमा स्पेनलाई विजेता बनाउन खेलेको भूमिका र बार्सिलोनामा उनले गरेको प्रदर्शनका लागि यो अवार्ड दिइएको हो।
१७ बर्षिय यमलले बार्सिलोनाकै सहकर्मी गाभी र पेड्रीको पदचिन्हलाई पछ्याउदै यो अवार्ड जितेका छन् । अघिल्लो बर्ष यो अवार्ड इङल्याण्डका जुडे बेलिङघमले जितेका थिए ।
यमलले टर्कीका आर्दा गुलेरलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |