

धादिङ। धादिङमा बजार अनुगमन जारी छ।जिल्ला अनुगमन समितिले चाडपर्वलाई लक्षित गर्दै जिल्लाभर अनुगमनलाई तिव्र पारेको छ।
मंगलबार जिल्ला अनुगमन समितिले धुनीवेसी नगरपालिका क्षेत्रका बिभिन्न खाजा,खाना तथा होटलमा अनुगमन गरि जरिवाना तिराएको छ।
अनुगमनको क्रममा हाईवे किङस फास्टफुड एण्ड रेष्टुरेन्टलाई ५ हजार, मंगोलियन फास्टफुडलाई १५ हजार, आधिखोला होटललाई २५ हजार र के वि खाजाघरलाई ५ हजार जरिवाना तिराईएको अनुगमन समितिले जनाएको छ।
यस्तै होटल काष्ठमण्डपलाई २५ हजार, न्यु विश्वासलाई २५ हजार, खाना खजनालाई १५ हजार र रोशनी एण्ड रोहन खाजा घरलाई ५ हजार जरिवाना तिराईएको छ ।
कारबाहीमा परेको होटलहरुले सरसफाईमा ध्यान नदिएको, फोहर खानेकुरा बिक्रि गरेको, खानेकुरा छोपेर नराखेको, खानामा झिँगा भन्किएको भेटिएपछी उपभोक्ता संरक्षण ऐन २०७५ को उपदफा ३९ को १ को क अनुसार जरिवाना तिराइएको जनाएको छ।
होटल फोहोर भएको, खानेकुरामा फोहोर पर्ने गरि राखेको, होटलसँग भएको कोल्ड स्टोर दर्ता नगरी संचालन गरेको र खानेकुराको मूल्या बढी लिएको गुनासोको आधारमा होटलहरुको अनुगमन गरिएको थियो ।
चाडपर्वको समयमा बजारमा पाइने सामानहरुको अत्याधिक मूल्य लिने, उपभोक्ता ठगिने कारणले नागरिकहरु समस्यामा पर्ने भएपछि नागरिकहरुको आग्रह र उजुरीको आधारमा निरन्तर अनुगमन भइरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |