

काठमाडौँ ।चोरीको मोटरसाइकल सहित धादिङका एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिका ३२ पेप्सिकोलाबाट गएराति चोरीको मोटरसाइकल सहित काठमाडौँको बाइसधारा बस्ने धादिङको बैरेनीका २४ वर्षीय आकाश तामाङ रहेका छन् ।
काठमाडौँ महानगरपालिका १५ बस्ने सुसान बुद्दचार्यले बागमती प्रदेश-०२-०२४ प ६६६८ नम्बरको मोटरसाइकल डल्लु आवासबाट हराएको भनि खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा निवेदन दिएका थिए।
सोही आधारमा खोजी गर्ने क्रममा नम्बर परिवर्तन गरी बागमती प्रदेश-०२-०२४ प ६६ नम्बर राखेर चलाइरहेको अवस्था तामाङ गएराति २ बजे पेप्सिकोलामा भेटिएका हुन् ।
तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
उहाँले सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरन जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गर्नुभएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |