

धादिङ । जिल्ला अनुगमन समितिले धादिङमा चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ ।
अनुगमनका क्रममा सदरमुकाम धादिङबेसी एमाले चोकमा रहेको केराको होलसेल व्यापार गर्ने रञ्जना एण्ड रश्मिका सप्लायर्सलाई १० हजार जरिवाना तिराईएको छ।
जिल्ला बाहिरबाट ल्याइएको केरामा अत्यधिक विषादी हालेको फेला पारे पछी कारबाही गरी जरिवाना तिराईएको अनुगमन समितिका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताउनुभयो।

विषादी हालेर पकाएको,कुहिएको केही केरा समेत अनुगमन समितिले नष्ट गरेको अर्यालले बताउनुभयो।
धादिङबेसी बजारमा ल्याइएको केरामा विषादी हालिएको, कुहिएको केरा बेचेको, अत्यधिक फोहोर गरिएको अवस्थामा केरा राखिएकोले जरिवाना गरिएको उहाँको भनाई छ।
सदरमुकाममा केराको होलसेल व्यापार गरिरहेको सप्लायर्सले अत्यधिक विषादी हालिएको भेटिए पनि केही केरा मात्र नष्ट गरिएको र बजारमा पुगेको केरा भने निर्बाध व्यापार भइरहेको छ।

धादिङबेशी बजारको मागको करिब ५० प्रतिशत केरा सोही होलसेल पसलेले पुरा गर्दै आएका छन्।
केरामा एक किसिमको विषादी हालेर केरा पकाएको केरा खाएपछि मानिसमा क्यान्सर लगायतका बिरामी हुने स्वास्थ्यकर्मीहरुको भनाइ छ।









आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |