

काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढेको छ।
तिहारमा पड्काइने पटकाका कारण वायु प्रदूषण बढेको हो। शुक्रबार साँझ काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६० रहेको एयर क्वालिटी इन्डेक्स’ ले जनाएको छ।
एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौँमा एक्यूआई १०० भन्दा कम देखिएको थियो।
इन्डेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित शहरको सूचीमा सूचीकृत छ। चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित शहरमा सूचीकृत भएको छ।
तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनि प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्ने विपद् व्यवस्थापनविद् डा.धर्मराज उप्रेतीले बताउनुभयो।
उहाँका अनुसार एक्युआई ० देखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ। ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ।
यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ।
१५१ देखि २०० सम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ मानिन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |