

काठमाण्डौ । सडक स्तरोन्नतिका लागि भोलिदेखि सीतापाइला–धार्के सडक १५ दिनका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै काठमाण्डौको सीतापाइलाबाट धादिङको धार्के जोड्ने सडकको स्तरोन्नति गर्नका लागि भोलि कात्तिक २३ गतेदेखि १५ दिनका लागि बन्द हुने जानकारी गराएकोे हो ।
उक्त सडक खण्डमा कालोपत्र गर्ने काम भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी र हलुका चार पाङ्ग्रे गाडीबाहेकका सबै प्रकारका गाडीलाई सडक खण्डमा पूर्णरूपमा रोक लगाइने सूचनामा उल्लेख छ।
प्रशासनले सडकको स्तरोन्नति अवधिभरि गाडी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के नौबिसे–नागढुङ्गा सडक प्रयोग गर्न सकिने सूचनामा भनिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङद्धारा जारी सूचना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |