

काठमाण्डौ । गणेश हिमालको आधार शिविर नजिक कर्मचारीसहितको टोली फसेको छ।
पर्या–पर्यटन प्रवर्द्धनको उद्देश्यले यात्रामा रहेको धादिङको रुविभ्याली गाउँपालिका, डिभिजन वन कार्यालय र पत्रकारको टोली आधार शिविर नजिक फसेका छन् ।
टोलीमा रहेकामध्ये डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी पर्नुभएको छ।
टोलीमा रहेका ३/४ जना हिजो बेलुका सम्पर्क हुने ठाउँमा आइपुगेको र अरु १०/११ जना फसेका धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो।
बिरामी र फसेकाहरूलाई उद्धार गर्न हिजो गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ।उद्धारका लागि हेलिकप्टर आज बिहान फेरि जाने र मौसम अनुकुल भएमा उद्धार हुने उहाँले बताउनुभयो ।
टोली केही दिनदेखि यात्रामा थिए।त्यस ठाउँमा बस्ती नभएको र सञ्चार सम्पर्क पनि हुन नसक्दा समस्या भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बतानुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |