

धादिङ । जिल्ला अदालत धादिङले बहिनी बलात्कार गरेको कसुरमा सहोदर दाजुलाई ११ वर्ष कैद गर्ने फैसला गरेको छ।
जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीका अनुसार २५ वर्षीया बहिनीलाई पटक पटक बलात्कार गरेको कसुरमा ३९ वर्षीय दाजुलाई जिल्ला अदालतले हाडनाता करणी मुद्दामा ११ वर्ष कैद गर्ने फैसला गरिएको हो ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको मंगलबारको इजलासले कसुरदार ठहरिएका दाजुलाई जबरजस्ती करणी गरेको कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा ३१९ को ३ (ङ) बमोजिम ७ वर्ष र हाडनातामा बहिनी बलात्कार गरेको कसुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २२० को २ (ख) बमोजिम ४ वर्ष गरी ११ वर्ष कैद गर्ने फैसला गर्नुभएको श्रेस्तेदार भण्डारीले बताउनुभयो ।
यस्तै कसुरदारबाट ३ लाख ४० हजार जरिवाना गर्ने र सो जरिवाना गरिएको रकम पीडितलाई क्षतिपूर्ति दिन समेत फैसला भएको छ ।
पीडितले ०८० माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि कसुरदारलाई सोही दिन गिरफ्तार गरी हिरासतमा लिएकोमा जिल्ला अदालतमा फागुन १५ गते मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालतको फागुन १८ गतेको आदेशले कसुरदार पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको धादिङ अस्पतालमा माघ २२ गते स्वास्थ्य परीक्षण भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |