

धादिङ । गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गल्छी गाउँपालिका-७ बस्ने ३८ वर्षीय रमेश तामाङ रहेको प्रहरीले जनाएको छ ।
बुधबार राति इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरवाहवातर्फ जाँदै गरेको लु.२ ख ६९९७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई करिब ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |