

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलवको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ ज्वालामुखी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४६ वर्षीया बिमला गुरूङ रहेका छन् ।
पक्राउमध्ये सूर्य थापाले इजरायल पठाईदिन्छु भन्दै ५ जना पीडितहरूबाट १० लाख २० हजार रूपैयाँ ठगी गरेको र बिमलाले माल्टा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सूर्य थापालाई काठमाडौं अनामनगर र बिमलालाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |