

धादिङ । जिल्ला अदालत धादिङले किशोरीलाई बलात्कार गरेको कसुरमा २४ वर्षीय एक युवकलाई ७ वर्ष कैद र रु ३ लाख जरिवाना गर्ने फैसला गरेको छ।
आरोपी युवक सिद्धलेक गाउँपालिका–२ का २४ वर्षीय संजय नेपाली रहेका छन् ।
जिल्ला न्यायधिस गीता श्रेष्ठको जेठ १७ गतेको इजलासले १८ वर्षीया किशोरी बलात्कार (जबर्जस्ती करणी) गरेको कसुरमा उक्त कैद र जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बागमती कलमलाई जानकारी दिनुभयो।
कसुरदार संजयले ०८० माघ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ४ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले ०८० फागुन ४ गते गिरफ्तार गरि मुद्दा चलाएको थियो भने किशोरीको स्वास्थ्य परीक्षण फागुन ४ गते धादिङ अस्पतालमा गरिएको थियो ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको सहयोगमा आरोपितविरुद्ध जिल्ला अदालतमा ०८० फागुन २३ गते जबर्जस्ती करणीको अभियोगमाछ मुद्दा दर्ता गरेको थियो भने फागुन २४ गतेको आदेशले आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
कसुरदार संजय नेपालीलाई ३ लाख जरिवाना,७ वर्ष कैदको फैसलासँगै पीडितलाई कानुन बमोजिम क्षतिपुर्ति दिलाउने फैसला भएको श्रेस्तेदार भण्डारीको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |