

बाख्रा चोरी गरेको निहुँमा कैलालीमा एक जनाको हत्या गरिएको छ ।
बाख्रा चोरीको निहुँमा शनिबार राति गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुललाई कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
कुटपिट गर्ने गौरीगंगा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल(नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक रहेको डीएसपी बोहराले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |