काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० गोंगबुस्थित ‘क्रेजी चिया भट्टी’ नामको चिया पसलमा दुई युवकमाथि भएको आक्रमण घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धादिङको रुबीभ्याली गाउँपालिका–४ का २५ वर्षीय उम्बे गुरुङ भनिने उमेश घले,रुबीभ्याली–६ कै १९ वर्षीय कान्छा भनिने आशिष गुरुङ,लमजुङको दूधपोखरी गाउँपालिका–५ का २० वर्षीय सुमित तामाङ र सोही ठाउँका २० वर्षकै सुसन तामाङ रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
यो समूहले गत ३० भदौमा क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङ नाम गरेका युवकहरुलाई आक्रमण गरेका थिए ।
उनीहरुमाथि कुर्सी, हेल्मेट, रड र सीसाको बोतल प्रहार भएको थियो ।
अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार पक्राउ परेकाहरुविरुद्ध प्रहरी वृत्त महाराजगञ्जमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकाले कारबाहीका लागि महाराजगञ्ज पठाइएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |