

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
उहाँसँग १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको सार्वजनिक विवरणमा उल्लेख छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उहाँले बताउनुभयो ।
यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन् ।
अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद जम्मा रहेको छ ।
यस्तै श्रीमती अम्बिका केसीको नाममा जनसागर सहकारीमा १५ लाख, ग्लोबल आइएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद रहेको छ ।
सो सम्पत्ति व्यापारबाट प्राप्त भएको विवरण सार्वजनिक गर्नुभएको छ। काठमाडौं १६ मा अम्बिका केसीको नाममा ३ करोड मूल्य बराबरको घर रहेको छ ।
धादिङ जिल्लाको ज्वालामुखी नगरपालिका–२ स्थायी घर भएका डोलप्रसाद अर्याल(डिपी) ले २०८० फागुन २३ गते दोस्रो पटक श्रम मन्त्रालयको पदभार सम्हाल्नुभएको थियो ।
हेर्नुहोस् डोलप्रसाद अर्याल(डिपी) को सम्पती विवरण





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |