

पेट्रोलियम पदार्थको भाउ घटेको छ।
नेपाल आयल निगमले पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटाएको हो ।
अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायलमा एक सय ६५ रुपैयाँ कायम भएको छ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गअन्तर्गतका ठाउँमा एक सय ४० रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत एक सय ५१ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत एक ५२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ भने यथावत छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |