

काठमाण्डौ ।नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
गएराति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । यस अनुसार काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङमा एक सय ४९ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा कायम भएको छ । निगमले पेट्रोलको मूल्यमा कुनै परिवर्तन गरेको छैन ।
आयल निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |