

काठमाण्डौ । आजदेखि नेपालबाट पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदैछ ।
गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ ।सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
बङ्गलादेशलाई बिजुली बेच्ने सुरुवात तीन वटा देशका मन्त्रीले भर्चुअलरुपमा गर्ने तयारी छ ।
नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने एक बजे संयुक्त रुपमा स्वीच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
यस वर्षका लागि शुक्रवार आज एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौता छ । त्यसअनुसार नेपालले यस वर्ष आज एक दिन बिजुली बेच्नेछ ।
त्यसपछि बिजुली बेच्न अर्को वर्ष जुन १५ तारिख कुर्नुपर्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |