धादिङ । पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवम प्रवर्द्धन गर्नका लागि धादिङमा साहित्यिक सम्मेलन गरिएको छ ।
धादिङ मिडिया नेटवर्क प्रालिको आयोजना,संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सहयोग तथा धुनिबेशी नगरपालिकाको समन्वयमा धुनिबेसी नगरपालिका-५ गोरखनाथ मन्दिर परिसरमा साहित्यिक सम्मेलन गरिएको हो ।
साहित्य मार्फत बागमती प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि आयोजना गरिएको सम्मेलनमा साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए ।
धुनिवेसीका नगरप्रमुख बालकृष्ण आचार्यले २०७२ पछि निर्माण भएको विजयपुर स्थित गोरखनाथ मन्दिर, महेशनारायण मन्दिर, महेशनारायण गुफा, चमेरे गुफा, महालक्ष्मी मन्दिर, बच्छलादेबी मन्दिर, हनुमानढोकामा फुलपाती लाने कोटा कालिका मन्दिर, कृष्ण मन्दिर, त्रिकुटेश्वर मन्दिर, भुवनेशवरी, कालीदेबि, सेतिदेबी आदी मन्दिरै मन्दिर भएको नगरपालिकामा घुम्न आउन पर्यटकहरुलाई अनुरोध गर्नुभयो ।
उहाँले काठमाडौँबाट नजिक पर्ने तिनछाँगे झरना, तोपलाङ होमस्टे, तोपलाङ भ्यू टावर, महेशखोला र सुन्दर फाँट अनि धुनीबेसिबाट देखिने गणेश हिमाल, अन्नपुर्ण रेन्ज आदी मनमोहक र आकर्षक स्थल भएरपनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकोले सबै मिलेर प्रवर्धन गर्न आग्रह गर्नुभयो ।
धादिङ, दोलखा, ललितपुर, नुवाकोटका साहित्यकारहरुको सहभागिता रहेको सम्मेलनमा धुनिबेसीको विकास बिस्तारै गर्दै आएको अवस्थामा पर्यटनको विकास गर्नुपर्ने साहित्यकारहरुले बताएका थिए ।
प्राध्यापक डा. मोहन तिमल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार व्यंगकार नरनाथ लुईटेल, डा हरि सिलवाल, डा.नवराज लम्साल, डा.वलदेव अधिकारी, शिव घिमिरे, पुर्णिमा खरेल, सिर्जना अर्याल, उपेन्द्र लम्साल, कल्पना अधिकारी, रमेश अधिकारी लगायतले कविता तथा व्यंग प्रस्तुत गरेका थिए।
सम्मेलनमा सहभागीको रचना तलको भिडियोमा हेर्नुहोस्………
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |