धादिङ- धादिङका विजय तामाङ बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा प्रथम हुनुभएको छ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदेश स्तरीय प्रतियोगितामा नुवाकोटका उत्तम राज भेटुवाल द्धितिय, ललितपुरका अजय रिसाल तिृतिय र सिन्धुलीका रुपक घलान र नुवाकोटका प्रदिप कोइराला सान्त्वना हुनुभएको छ।
प्रदेश भित्रका ३९ जना सहभागी प्रतियोगितामा उत्कृष्ट पाँच छनौट भएका थिए।मगलबार धादिङबेसीमा एक कार्यक्रमका बिच उत्कृष्ट पाँचको अन्तिम नतिजा प्रकाशन गरी पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा प्रथम भएका तामाङले नगद २० हजारसहित प्रमाण पत्र पाउनुभयो भने द्धितिय हुनभएका भेटुवालले १५ हजार, तिृतिय हुनुभएका रिसालले १० हजार र सान्तवना हुनुभएका घलान र कोइरालाले समान ५/५ हजार सहित प्रमाणपत्र पाउनुभएको छ ।
बिजेताहरुलाई नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङगाना,उपप्रमुख दिपक विश्वकर्मा र नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रि प्रसाद दाहालले पुरस्कार वितरण गर्नुभएको थियो ।
यस्तै कार्यक्रमको अवसरमा झिँगु नेवा समाज धादिङ र शंखादेवी ज्याम्रुङ दरबार पन्चेबाजा समुहलाई पनि नगद २० हजार ८१ रुपैँयासहित सम्मान गरिएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |