धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुम स्थित गलनेमा लैंगिक हिंसा सम्बन्धी लोकगित प्रतियोगिता सम्पन्न भएको छ।
गंगाजमुना गाउँपालिकाको आयोजना तथा प्रयास नेपाल र आड्रा नेपालको प्राविधिक सहयोगमा गलनेमा रहेको महेन्द्र रत्न माध्यमिक विधालय प्राङ्गगणमा शुक्रबार लैंगिक हिंसा न्यूनीकरणमा समुदायको भूमिका विषयकमा लोकगित प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा गंगाजमुना गाउँपालिका वडा नम्बर ६ को महालक्ष्मी महिला कृषक समुह प्रथम भएको छ।
यस्तै वडा नम्बर ६ को खिरवोटे कृषक समूह दोस्रो, वडा नम्बर ७ को प्रगतिशील महिला कृषक समुह तेस्रो र वडा नम्बर ७ कै प्रगतिशील स्वास्थ आमा समुह सान्त्वना भएको छ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजारसहित प्रमाणपत्र पाएका छन् ।
हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्यको लागि ऎक्यबद्द्ता भन्ने नाराको साथमा सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरिएको प्रतियोगितामा वडा नम्बर ६ र वडा नम्बर ७ का विभिन्न ८ टिम सहभागी थिए ।
सहभागी टिमहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
वडा नम्बर ६ का वडा अध्यक्ष रमेश ढकालको अध्यक्षतामा भएको प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडाको प्रमुख आतिथ्य तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिम्खडाले घर–परिवारबाट नै एकअर्काको निगरानी र असल शिक्षादीक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्ने बताउनुभयो ।नैतिक शिक्षा घरबाटै दिने हो भने अब आउने दिनमा महिला र बालिका विरुद्ध हुने हिंसाको दरमा अवश्य कमी ल्याउन सकिने उहाँको भनाई थियो ।
यसैगरी कार्यक्रमको अवसरमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले महेन्द्र रत्न माध्यमिक विधालयको पुस्तकालयका लागि विभिन्न पुस्तकहरु हस्तान्तरण गर्नुभएको थियो।
हेर्नुहोस् भिडियो…………
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |