संस्कृतिविद् सत्यमोहन जोशीको जन्मकुण्डलीको विशेष अध्ययन गरेर राष्ट्रिय संग्राहलयमा राख्न ज्योतिषीहरुले पहल गरेका छन् । जोशीको १०३ वर्ष उमेरमा गत आइतबार (३० असोज)मा निधन भएको थियो ।
जोशीको जन्मकुण्डलीको विशेष रुपमा अध्ययन गरेर ग्रहहरुले बनाएका विशिष्ट योगहरुको बारेमा प्रतिवेदन तयार पारिने र यसलाई राष्ट्रिय संग्राहलयमा राख्न पहल थालिएको ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजालले जानकारी दिए ।
जोशीको जन्मपत्रिकामा निर्माण भएका योगहरुको विषयमा विश्वविद्यालय तथा विद्वान् ज्योतिषीहरुसँग बसेर संयुक्तरूपमा अध्ययन गरिने रिजालले बताए । ंयसले आगामी पुस्तालाई ग्रहहरुले पार्ने प्रभावका बारेमा कुण्डली फलादेश गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
संघीय सरकार तथा ललितपुर महानगरपालिका सँगको सहकार्यमा अध्ययनलाई अगाडि बढाउने योजना रहेको छ । विशिष्ट व्यक्तिहरुको जन्मकुण्डली अध्ययन गर्नेगरेका ज्योतिषी रिजालका अनुसार कति प्रकारका राजयोग तथा १०३ वर्षे आयूका बारेमा विशेष अध्ययन गरिनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |