

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–११ गोलाभञ्ज्याङबाट दुई नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा नीलकण्ठ नगरपालिका-११ गोलाभञ्ज्याङका बर्ष ३३ को श्याम बहादुर शाक्य र नीलकण्ठ-९ पाल्पाभञ्ज्याङका बर्ष ३२ को सन्त बहादुर गुरूंङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार गोलाभञ्ज्याङस्थित बिरूडा सामुदायिक वन आसपासका क्षेत्रमा केही व्यक्तिले अवैध हातहतियार लुकाएर राख्ने तथा बेला–बेलामा जंगली जनावरको अवैध शिकार गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले निगरानी तथा खानतलासी अभियान सञ्चालन गरेको थियो।
प्रहरीले आइतबार साँझ सिम्ले सामुदायिक वनको बिरौटा भिर क्षेत्रमा खोजतलास गर्ने क्रममा गोलाभञ्ज्याङका श्याम बहादुरले बारुद भरी फायर गर्न तयार अवस्थामा लुकाइराखेको एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
त्यसैगरी पाल्पाभञ्ज्याङका सन्त बहादुरले बिरूडा सामुदायिक वन नजिक झाडीमा लुकाएर राखेको अर्को एक थान बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शाक्य र गुरुङविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आज धादिङ जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |