काठमाडौँ — एडवर्ड स्नोडेनलाई रुसी नागरिकता दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि उनलाई रुसी नागरिकता दिइएको हो । स्नोडेनमाथि अमेरिकाका कैयौं गोप्य दस्तावेज चुहाएको आरोप लागेको छ ।
स्नोडेनले सन् २०१३ मा अमेरिकाका गोप्य भनिएका फाइल सार्वजनिक गरेका थिए । यी फाइलमा अमेरिकी गुप्तचर निकायले कसरी घरेलु र अन्तर्राष्ट्रिय स्तरमा निगरानी गर्छन् भन्ने कुरा खुलाइएको थियो ।
सन् २०२० मा रुसले स्नोडेनलाई स्थायी बसोबासको अधिकार दिएको थियो त्यसपछि उनलाई रुसी नागरिकता प्राप्त गर्ने औपचारिक बाटो खुलेको थियो ।
एडवर्ड स्नोडेनले आफ्नो जीवन र स्वतन्त्रता जोखिममा राखी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) द्वारा सञ्चालित विश्वव्यापी निगरानी अथवा कम्प्युटर जासुसी विवरण जुन २०१३ मा सार्वजनिक गरेका हुन्। त्यसैले उनको राहदानी र नागरिकता अमेरिकी सरकारले खारेज गरेको छ । स्नोडेन ‘बुज एलेन ह्यामिल्टन’ नामक निजी कम्पनीमा काम गर्थे । यो कम्पनी एनएसएको उपठेकेदारका हैसियतले काम गर्थ्यो । यसरी एउटा निजी कम्पनीले स्वयम् अमेरिकी वा जुनसुकै मुलुकका राष्ट्रपति, न्यायाधीश र सांसदलगायतको डिजिटल विवरण हेर्न सक्छ भन्ने पर्दाफास भएको हो।
अमेरिकी नियमको कथित उल्लंघन गरे पनि स्नोडेन भन्छन्, ‘राष्ट्रिय सुरक्षाको नाममा व्यक्तिगत गोपनीयतामा हस्तक्षेप स्वीकार्य हुनु हुँदैन ।’ स्नोडेनले ‘आधारभूत न्यायिक र नागरिक सिद्धान्त’ अनुसार आफ्नो कदमलाई एकदम सही भनेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |