

सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो ।
मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।
बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज पनि हेरिसकेका छन् ।
सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बसेको भनिएको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |