

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ सलाङमा विद्यालय स्तरीय मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिता हुने भएको छ।
जिल्ला भलिबल सङ्घ धादिङले भोलि जेठ ८ गते भलिबल दिवसको अवसरमा सिद्धलेक-३ स्थित इटपानीमा रहेको मनकामना समाज सुधार क्लवको खेल मैदानमा सिद्धलेकको माध्यमिक विद्यालय स्तरीय मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा ८ टिम सहभागी हुने जिल्ला भलिबल सङ्घ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा सिद्धलेक-२ को नलाङ पात्ले मावि, सिद्धेश्वर मावि, नलाङ मोडल एकेडेमी, सिद्धलेक-३ को अमर आदर्श मावि, अकला मावि, पञ्चमुखी मावि र सिद्धलेक-४ को जलेश्वरी मावि र कालिदेवी माविको टिम सहभागी हुनेछन् ।
प्रथम, द्धित्तिय र तृतिय हुने टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगिता बिहान १० बजेबाट सुरु हुने छ।
नेपाल भलिबल संघले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा जेठ ८ गते, भलिबल दिवस मनाउन सुरु गरेको हो ।
तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको थियो । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीको पहलमा मन्त्रीपरिषद्बाट भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको थियो।
सोही दिनको सम्झनामा भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसमा अवसरमा मनाउन सुरु गरेको हो ।भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ ।
भौगोलिक हिसाबले देशको सबै भागमा खेल्न सकिने र लोकप्रिय खेलको रुपमा रहेको भलिबल रहेको छ ।घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडी आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |