आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाउन सक्यो।
सुरुवात देखि नै रनरेटमा दबाब बनाएको नेपालका लागि स्पिनरहरुले सबै ६ विकेट निकालेका थिए । ६ मध्य ४ विकेट कुशल भुर्तेलले लिए भने दीपेन्द्र सिंह ऐरी ३ विकेट लिए ।
कप्तान रोहित कुमार पौडेलले दोस्रो ओभरमा नै दीपेन्द्र सिंह ऐरीलाई बलिङ अट्याकमा ल्याउँदै स्पिनबाट नै सुरुवात गराएका थिए । चौथो ओभरमा दीपेन्द्रले क्विन्टन डीककलाई कट एण्ड बोल्ड आउट गर्दै नेपालका लागि पहिलो सफलता दिलाए । डीककले ११ बल खेल्दै १० रन बनाए ।
दोस्रो विकेटका लागि नेपालले १२औं ओभर कुर्नु परेको थियो । तर नेपालले दबाब भने लगातार बनाइरहेको थियो ।
नेपालका लागि दोस्रो विकेट कुशल भुर्तेलले दिलाएका थिए । दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रम २२ बलमा १५ रन बनाएर इन्साइड एज सहित बोल्ड भएका थिए ।
१४औं ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । हेनरिक क्लासेन ५ बलमा ३ रन बनाएर करन केसीद्वारा क्याच आउट भएका थिए ।
१६औं ओभरमा दीपेन्द्रले नेपालका लागि चौथो विकेट लिए । क्रिजमा डटेर रहेका ओपनिङ ब्याटर रिजा हेन्ड्रीक्सलाई उनले कट एण्ड बोल्ड नै गराएका थिए । हेन्ड्रीक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।
अन्तिम ओभरमा विष्फोटक ब्याटिङका लागि चिनिएका डेविड मिलरलाई पनि दीपेन्द्रले आउट गरे । १८औं ओभरको तेस्रो बलमा मिलर १० बलमा ७ रन बनाएको अवस्थामा सन्दिप लामिछाने क्याच आउट भए ।
अन्तिम ओभरमा कुशल भुर्तेलले मार्को यानसनलाई लङ अनमा १ रन बनाएको अवस्थामा क्याच आउट गराए । अन्तिम बलमा कागीशो रबाडालाई उनले स्तम्प आउट गराए।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र खर्चिएर ३ विकेट लिए।
सन्दिप लामिछानेले ४ ओभरमा विकेटविहिन रहेपनि १८ रन मात्र दिए । अविनाश बोहोराले ३ ओभरमा १९ रन मात्र दिए । कुशल मल्ले २ ओभरमा १७ रन दिए । एक ओभर मात्र बलिङ गरेका करन केसीले ९ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १ मेडन सहित ६ रन दिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |