आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालद्धारा स्कटल्याण्ड पराजित भएको छ । स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य पछाएको नेपालले २९।५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालको जितमा आरिफ सेखले अर्धशतकीय पारी खेलेका थिए भने गुलशन झाले २५ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २५, आसिफ सेखले २१ र अनिल शाहले १३ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ४१.४ ओभरमा अल आउट हुदै १५४ रन बनाएको थियो । स्कटल्याण्डका लागि मार्क वाटले सर्बाधिक ३४ रन बनाएका थिए ।
त्यस्तै नेपालका बलर सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने करण केसी, सोमपाल कामी र गुलशन झाले २/२ विकेट लिए भने आरिफ सेखले एक विकेट लिएका थिए ।
खेलमा अर्धशतकीय पारी खेलेका आरिफ सेख खेलको प्लेयर अफ द म्याच बनेका थिए ।
लिग(२ मा नेपालले ७ हारपछि दोस्रो जित हासिल गरेको छ । योजितपछि नेपालको १० खेलमा ५ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको ९ खेलमा ११ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
सिरिजमा नेपालले आगामी शनिबार अमेरिकासँग खेल्ने तालिका छ भने सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |