

नेपाल क्रिकेट टिमले आज स्कटल्याण्डसँग खेल्दैछ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ को एकदिवसीय शृङ्खला अन्तरगत अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा दश बजे शुरु हुनेछ।
आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । तेश्रो खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो।
लिग–२ मा नेपाल ११ खेलमा दुई जीतसहित पाँच अङ्कका साथ तालिकाको सातौं स्थानमा छ। अमेरिका १२ खेलमा १६ अङ्कसाथ शीर्ष स्थानमा छ । लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित दोश्रो स्थानमा छ।
नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका छन्। अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ।
यो श्रृंखलाको अन्तिम खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्न लागेको हो। file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |