धादिङ । सिद्धलेक गाउँपालिका–१ स्थित नलाङ बैरेनीमा भएको यु–१३ मैत्रिपुर्ण फुटबल प्रतियोगितामा न्यु किवो बोर्डिङ स्कुल बिजयी भएको छ।
शुक्रवार भएको फाईनलमा युनाईटेड युथ क्लव सिद्धलेक कालिदहलाई ५-२ गोल अन्तरले पराजित गर्दै न्यु किवो बिजयी भएको हो ।
प्रतियोगितामा युनाईटेडका सफल घले उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता न्यु किवोका अशिम वाँनिया र उत्कृष्ट गोलरक्षक न्यु किवोका कृपेश अधिकारी घोषित भएको आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो।
बिजेता र उपबिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको व्यवस्थापक अर्यालले बताउनुभयो।
विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाको संयोजन तथा प्रिन्सिपल आश बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेफ्रि आशिष लामा,सहभागी टिमका प्रशिक्षक, खेल शिक्षक लगाएतको आतिथ्यता रहेको थियो।
आयाम इङलिस् प्रा.लि.को आयोजनामा २२ गते बिहिबारदेखी सुरु भएको खुल्ला मैत्रिपुर्ण फुटबल प्रतियोगितामा न्यु किवो, युनाईटेड युथ क्लव सँगै आयाम इङलिस स्कुल र आयाम स्पोर्टस क्लव गरी ४ टिम सहभागी थिए।
कार्यक्रममा खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले बिद्यालय तहबाटै दक्ष र अनुशासित खेलाडी उत्पादन हुने भएकाले बिधार्थीहरुको रुचि अनुसार सिकाईलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभएको स्कुलकी व्यवस्थापक अर्यालले जानकारी दिनुभयो।
बिद्यालय तहबाटै खेलकुद बिकास गर्न र दक्ष खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले बताउनुभएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |