

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज अन्तिम खेलमा घरेलु टिम युएईसँग खेल्दै छ।
खेल अपराहन्न ३स् १५ बजेदेखि दुबईस्थित द सेभेन स्टेडियममा हुने छ।
प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ।
आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ।नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ।
२ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमा पराजित गरेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्।
डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |