नेपालले आज एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखी यूएईको शारजाह क्रिकेट स्टेडियममा शुरू हुने छ ।
अहिलेसम्म ८ पटक एशिया कप खेलिसकेको नेपाल भने १ पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो ।
यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र साविक विजेता बङ्गलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् ।
नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।
समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन् ।
नेपालले आफ्नो दोस्रो खेल १६ गते पर्सि आइतवार बङ्गलादेशसँग र तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |