एसीसी पुरुष १९ वर्षमुनिको एशिया कप अन्तरगत नेपालले आज दोश्रो खेलमा बङ्गलादेशसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखी यूएईको दुबई क्रिकेट रङ्गशालामा यो शुरू हुने छ । नेपाल पहिलो पहिलो खेल श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।
अहिलेसम्म आठ पटक एशिया कप खेलिसकेको नेपाल भने एक पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र श्रीलङ्काका युवा टोलीले खेल्दैछन् ।
प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् ।
नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् ।
नेपालले आफ्नो तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्ने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । file photo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |