

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुदैँछ ।
पहिलो खेलमा आज काठमाडौं गोर्खाज र चितवन राइनोज बिचमा प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् ।
पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौ गुर्खाज र चितवन राइनोज त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा आमुने सामुने हुदैँछन् ।
काठमाडौं गोर्खाजबाट करण केसी र चीतवन राइनोजवाट कुशल मल्लले नेतृत्व गर्नेछन् ।
आजको खेलमा दुबै टिमका गरी १० बिदेशी खेलाडी पनि मैदानमा देखिनेछन् ।
यस्तै दोस्रो खेल भने दिउँसो सवा १ बजे सुरु हुने छ ।
शुक्रवारवाट सुरू भएको एनपीएलको पहिलो खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो ।
एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।
एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |