

धादिङ । बाल विकास सहजकर्ताहरुको लागि सञ्चालन गरिएको अभिभावक शिक्षा तथा शैक्षिक सामाग्री निर्माण सम्बन्धि क्षमता अभिबृद्धि कार्यशाला सकिएको छ ।
प्रयास नेपाल धादिङको आयोजना तथा चाईल्ड फण्ड जापानको साझेदारी र बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा बाल विकास सहजकर्ताहरुको लागि आईतबारदेखी सुरु भएको तालिम बिहिबार सकिएको हो ।
गाउँपालिकाको समन्वय,चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाट रोराङको वडा नम्बर ६,८ र १० मा सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना संचालन गरि रहेको छ ।
यहि क्रममा सहजकर्ताहरुको शैक्षिक सामग्री तथा अभिभावक शिक्षा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पु¥याउने उद्देश्यले ५ दिने तालीम आयोजना गरिएको परियोजना व्यवस्थापक केशव सिग्देलले बताउनुभयो ।
परियोजना अन्तरगत बालबालिकाहरुको सर्वाङिण विकाससँग सम्बन्धित सहभागितात्मक विधीबाट तयार गरिएका क्रियाकलापहरु सम्बन्धित सरोकारवालाहरुको समेत संलग्नतामा कार्यान्वयन गरिने योजना रहे अनुसार तालिम संचालन भएको परियोजना व्यवस्थापक सिग्देलको भनाई छ ।

तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक)ले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गाउँपालिकाले बालबालिका र शिक्षालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम थालनी गरेको बताउनुभयो ।
बालबालिकाहरुको शिक्षाको जग बाल बिकास कक्षा भएकाले पालिकाले विकास साझेदारहरुसँग समन्वय तथा सहकार्य समेत गरि शैक्षिक सुधारमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो ।
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६,८ र १० भित्रका सामुदायिक बिद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री निर्माण तथा प्रयोग, प्रारम्भिक बाल विकासमा अभिभावकहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा लगायतका बिषयबस्तुमा केन्द्रित कार्यशालामा गाउँपालिका अध्यक्ष थपलिया, वडाध्यक्षहरु टेकनाथ सिलवाल,राज कुमार श्रेष्ठ , प्रयास नेपालका उपाध्यक्ष उषा बिक,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतले बालबालिकाहरु शैक्षिक बिकास बाल बिकास सहजकर्ता र अभिभावकको भुमिका बारेमा भनाइ राख्नु भएको थियो ।
कार्यक्रममा चाईल्ड फण्ड जापानका एरिया मेनेजर दल बहादुर सुनारले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पु¥याउन बालबालिकाहरुलाई केन्द्रमा राखेर शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत गाउँपालिकालाई सहयोग गर्न लागिएको बताउनुभयो ।

बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह,अभिभावकसँग नियमित छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका प्रशिक्षक भगवती थापा र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

तालिम समापन पछि तालिममा सहभागीहरुले बाल बिकास सहजकर्ताहरुले आफुले सिकेको सिप बिद्यालय र समुदाय तहमा समेत लागु गरि बालबालिकाहरुको सर्वाङिण विकासमा लागि सक्रियताका साथ कार्य गर्ने प्रतिबद्धता गर्नु भएको प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत बिनोद पोखरेलले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |