

मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएञ्जा भाइरस अथवा रुघाखोकी मात्रै जे भने पनि यी सबै भाइरल इलनेस हुन्।
यो इन्फ्लुएञ्जा भाइरसको कारणले हुन्छ।साधारणतया वर्षा यामको सुरु तथा अन्त्य र जाडो यामको सुरु तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका बिरामी बढी देखिने गर्दछन्।
यो भाइरसको ठ्याक्कै उपचार हुदैन। सामान्य रुपमा दुई चार दिन या एक हप्ता रुघा खोकी लागेर निको हुने हुन्छ।यदी रोग प्रतिरोधात्मक क्षमता कम भएको बिरामी छ भने उनीहरुलाई सामान्य रुघाखोकीले पनि निमोनियाको रुप लिन सक्छ।
वृद्दवृद्वा, दीर्घरोगि, दमका बिरामीहरु, सुगरका बिरामी, कडा खालको औषधि खाईरहेको बिरामीहरु अथवा कुनै क्यान्सर, किड्नीका बिरामी, गर्भवती र बालबालिकाहरुलाई मौसमी रुघाखोकीको जोखिमको सम्भावना उच्च हुन्छ।
यसबाट बच्न के गर्ने ?
-खोक्दा या हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने-पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने
-चिसोबाट जोगिने
-तातोपानी खाने, बाफ लिने
-साबुन पानीले मिचीमिची हात धुने
-आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाने।
-अनावस्यक रुपमा आँखा, नाक तथा मुखमा हात नलैजाने।
-अरुले प्रयोग गरेका रुमाल याकपडा प्रयोग नगर्ने।
-रुघाखोकी लागेका मानिसहरुसंग भौतिक दुरी कायम राख्ने
-सामान्य खोकी लागेको समयमा घरेलु औषधिहरु (तुलसीको पातको रस) खाने
-इन्फ्लुएञ्जाकोभ्याक्सिन लगाउने





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |