

दार्खा । खनियावास गाउँपालिका वडा नं ४ दार्खास्थित चौकीमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुरु भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा गरेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि संचालन गरेको २ दिने नेतृत्व विकास तालिम आईतवारबाट शुरु भएको हो ।
वडा नं ४ का सदस्य सुक बहादुर तामाङको आतिथ्यतामा भएको तालिममा २१ जना सहभागी छन् ।
तालिममा नेता, नेतृत्व, नेतृत्वका गुणहरु, समुह , समुहको संस्थागत विकास, बैठक संचालन प्रक्रिया, समुहको पदाधिकारीहरुको काम , कर्तव्य , उत्तरदायित्व , समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेती र प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराउनु भएको थियोे ।
समुह तथा समुदाय तहमाकुनै पनि क्रियाकलाप तथा सहयोग उपलब्ध गराउँदा लैगिक समानता र समावेशीकरणको पक्षमा बिशेष ध्यान दिई कार्य गर्ने निति रहेको जेण्डर एसोसिएट शर्मिला गुरुङले बताउनु भयो ।

कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने उद्धेश्यले खनियावास र गंगाजमुना गाउँपालिकामा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भएको दार्खाबाट लक्ष्मी सुनारले जानकारी दिनुभयो ।
तालिम सोमबारसम्म सञ्चालन हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |