

दार्खा । खनियावास गाउँपालिका वडा नं ४ चौकीमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा गरिरहेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत वडा नं ३,४ र ५ मा गठित कृषक समुहका पदाधिकारीहरुको लागि सञ्चालन गरेको २ दिने नेतृत्व विकास तालिम सोमबार सम्पन्न भएको सामुदायिक सहजकर्ता लक्ष्मी सुनारले जानकारी दिनुभयो ।
आईतबारदेखी शुरु भएको तालिममा २१ जना सहभागी थिए।
तालिममा सहभागीहरु आफुले सिकेका ज्ञान,सिप आआफ्नो समुहमा लागु गर्न कार्ययोजना तयार गरी समुहमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेतृत्व विकास तालिममा नेता,नेतृत्व , नेतृत्वका गुणहरु, समुह , समुहको संस्थागत विकास, बैठक संचालन प्रक्रिया, समुहको पदाधिकारीहरुको काम, कर्तव्य , उत्तरदायित्व , माईनुट लेखन अभ्यास , समन्वय ,सहकार्य के किन र कसरी ,समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेति र प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उद्धेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी गराउनुभएको थियो ।
समुह तथा समुदाय तहमा कुनै पनि क्रियाकलाप तथा सहयोग उपलब्ध गराउँदा लैगिक समानता र समावेशीकरणको पक्षमा बिशेष ध्यान दिई कार्य गर्ने निति रहेको जेण्डर एसोसिएट शर्मिला गुरुङले बताउनु भयो ।
कृषकको क्षमता विकास , जलवायु कृषक पाठशाला, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने, पारिवारिक सदस्य तथा समुदायमा लैगिक समाबेशीकरण अभिबृद्धिमा वडा तथा पालिकालाई सहयोग पुर्याउने उद्धेश्यले खनियावास र गंगाजमुना गाउँपालिकामा सबै वडाहरुमा ८० वटा कृषक समुह मार्फत उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |