

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
एसइईको नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने भएको छ ।
‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोराएर कक्षा १० मा पढ्नु पर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई वटासम्म विषयमा नन् ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् ।
एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |