

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीको मिन्दुका माध्यमिक बिद्यालयले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
विद्यालयले मंगलबार एक कार्यक्रमकाबीच एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै बधाई तथा सफलताको शुभकामना दिएको हो ।

२०८० सालको एसईई परीक्षामा सहभागी ३४ जना विद्यार्थी मध्ये २८ जना बिद्यार्थी उत्तिर्ण गराउन सफल मिन्दुका माविकी छात्रा जेनिशा तिमलसेनाले ३.८५ जिपिए ल्याउदै सिद्धलेक गाउँपालिकाकै प्रथम तथा सामुदायिक बिद्यालय तर्फ जिल्लाको छैटौँ भएको बिद्यालयका प्रधानाध्यापक जर्नादन नेपालले बागमती कलमलाई जानकारी दिनुभयो ।
त्यस्तै छात्र सचिन तिमलसेनाले ३.८३ जिपिए ल्याउदै सिद्धलेक गाउँपालिका द्धित्तिय तथा सामुदायिक बिद्यालय तर्फ जिल्लाको आठौँ भएको र छात्रा रविना सिलवालले ३.७२ जिपिए ल्याउदै सिद्धलेक गाउँपालिकामा चौथो भएको प्रधानाध्यापक नेपालले बताउनुभयो ।
उत्तीर्ण बिद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, वडा नं १ का वडाध्यक्ष पेमा लामा र बिद्यालय व्यवस्पान समिति अध्यक्ष चन्द्र प्रसाद सिलवालले प्रमाणपत्र र नगदसहित सम्मान गर्नुका साथै बिद्यार्थीलाई बधाई दिदै आगामी शैक्षिक भबिष्यको शुभकामना दिनुभएको थियो ।
यस्तै कार्यक्रमको अवसरमा कक्षा १ देखी ८ सम्मका छात्रा, दलित, सिमान्तकृत र अपाङ्गता भएका १ सय ८ जना बालबालिकालाई छात्रबृद्धि वितरण गरिएको र काज सरुवा भएर जाने मावि शिक्षकहरु जानुका खनाल, शैलेश अधिकारी र सुनिता सिलवाल रेग्मीलाई बिदाई गरिएको प्रधानाध्यापक नेपालले बताउनुभयो ।









आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |