

धादिङ । सिद्धलेक गाउँपालिका वडा नम्बर १ चरिमारेमा रहेको नलाङ माध्यामिक विद्यालयले विद्यालय परिसरमै विद्यार्थीहरुको कपाल काट्ने अभियान सुरु गरेको छ ।
विद्यार्थीलाई अनुशासनको दायरामा ल्याउन, विद्यार्थीको आर्थिक कमजोर हुनुका साथै कपाल काट्न टाढा धाउनुपर्ने बाध्यतालाई हटाउन विद्यालयमा नै कपाल काट्ने अभियान सुरु गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुन सिलवालले बागमती कलमलाई जानकारी दिनुभयो ।
विद्यालयको खर्चमा एक जना कपाल काट्ने प्रशिक्षकलाई विद्यालयमा नै उपस्थित गराई विद्यार्थीहरुको कपाल काट्ने कामको सुरुवात गरिएको प्रधानाध्यापक सिलवालले बताउनुभयो ।
अभियान अन्तरगत बिहिबार ३८ जनाको कपाल काटिएको उहाँले बताउनुभयो ।
हरेक एक/एक महिनाको अवधीमा यस अभियानलाई निन्तरता दिइने सिलवालले बताउनुभएको छ।
गाउँमा कपाल काट्न जान्ने व्यक्तिहरु नभएका कारण समस्या भएको भन्दै प्रधानाध्यापक सिलवालले सिक्न इच्छुक भएका विद्यार्थीलाई विद्यालयले नै प्रशिक्षक उपलब्ध गराएर कपाल काट्न सिकाईने पनि बताउनुभयो ।
आफ्नै विद्यालयमा सीप सिकेर फुर्सदको समयमा विद्यार्थीहरुले कपाल काटेर राम्रो आम्दानी गर्न सक्ने भन्दै व्यावहारिक ज्ञानले आम्दानीलगायत सीप अनुसार काम पाउने भएकाले अभियान थालिएको बताउनुभयो।
विद्यालयमा नै कपाल काट्न पाउँदा विद्यार्थीहरु खुसी भएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |