

स्क्रब टाइफस किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने एक किसिमको सरुवा रोग हो । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ।
स्क्रब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।
स्क्रब टाइफसका लक्षणहरु
– धेरै जवरो आउनु ( काम ज्वरो समेत आउन सक्छ )
– धेरै टाउको दुख्नु
– पसिना धेरै आउनु
– आँखा रातो हुनु
– झाडापखाला लाग्नु
– किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु
– खेतवारीमा काम गर्दा वनजंगल /झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइं सम्म बुट लगाउने
– घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
– सम्भव भएसम्म भुइँमा नबस्ने । खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने
– सकेसम्म घाँसवारी र चउरमा नबस्ने
– चउरमा,वारी ,झाडी,घाँस तथा धुरान बढ्न नदिने
– मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने ।
स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा प्रसारित सामाग्री)





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |