

सरकारी अस्पतालको ओपीडी सेवा पर्व, जात्रा, सार्वजनिक बिदा र जन्मजयन्तीमा पनि खुल्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठूला सरकारी अस्पताल र प्रयोगशालालाई पर्व, जात्रा, सार्वजनिक बिदा र जन्मजयन्तीको दिनमा पनि बहिरङ्ग अर्थात् ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
मन्त्रालयले ३४ अस्पताल र प्रयोगशालालगायतका स्वास्थ्य निकायलाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरेको हो ।
परिपत्र गरिएका अस्पतालहरूमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो ।
पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा ९वैशाख पूर्णिमा०, उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, शिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदमा अस्पतालको ओपीडी सेवा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
त्यस्तै जात्रा बिदा अन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा तथा सार्वजनिक दिवस अन्तर्गत गणतन्त्र दिवस, शहीद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसमा पनि अस्पतालको ओपीडी खुल्नेछ ।
जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वी जयन्तीमा पनि ओपीडी खुला हुने मन्त्रालयले जनाएको छ । नेपाल चिकित्सक सङ्घले भने सरकारले दिएको निर्देशनप्रति असन्तुष्टि जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |