

धादिङ । सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेभञ्याङमा असोज २९ गते रक्तदान कार्यक्रम हुने भएको छ ।
नेपालीहरुको महान चाड बडा दशैको अवसरमा असोज २७ देखि २९ गतेसम्म तमु युवा समाजले आयोजना गरेको खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता (स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप) अन्तरगत २९ गते रक्तदान कार्यक्रम हुने नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाका सभापती एवम धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले बागमती कलमलाई जानकारी दिनुभयो ।
रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा २९ गते बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम हुने गुरुङले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना तथा तमु युवा समाजको सह आयोजनामा हुने रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्न सम्पूर्ण नागरिकहरुलाई उहाँले आग्रह गर्नुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |